बझाङ, ८ जेठ । बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिएर बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो ।










प्रतिक्रिया दिनुहोस्