राजनीति

सभापति देउवाको विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री ओलीको कडा आपत्ति



काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ति जनाउनुभएको छ ।

सभापति देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधिसभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाल्नुभएको थियो ।

सभापति देउवाको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाउनुभयो । शनिबार दिउँसो बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देउवाको औपचारिक विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएकोमा आपत्ति जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ुसम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ । अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन । राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ । यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ ।’

यस्तो छ सभापति देउवाको विज्ञप्ति,