राजनीति

अमेरिकाले पठाएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो



काठमाडौँ, ८ जेठ । अमेरिकी सरकारले कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौँ आउने मन्त्रालयले जनाएको छ । शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । यसैगरी १०० वटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

काठमाडौँस्थित अमेरिकी राजदूतावासका अनुसार अन्य स्वास्थ्य सामग्रीहरु आइतबार र सोमबार चार्टर्ड विमानमार्फत आउनेछन् ।