Banner News

थप ७९१४ जनामा कोरोना संक्रमण, ७६६४ जना डिस्चार्ज



काठमाडौँ, ९ जेठ । थप ७ हजार ९ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ हजार ६ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख  ९१ हजार ३ सय ४८ जना रहेको छ । आज १९३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार ६ सय ६४ जना पुगेको छ ।