अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ सयले बढेर ९३ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।