काठमाडौँ, १० जेठ । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो । बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।










प्रतिक्रिया दिनुहोस्