Banner News

थप ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ जना डिस्चार्ज



काठमाडौँ, १२ जेठ । थप ६ हजार ७ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ७ सय १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख  ११ हजार ६ सय ३ जना रहेको छ । आज १४५ जनाको मृत्यु भएको छ ।