विश्व

भारतका २४ राज्यमा कोरोना भाइरसको सङ्क्रमण घट्यो



काठमाडौँ, १४ जेठ । भारतका २४ राज्यमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सङ्क्रमितहरुको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ । त्यस्तै कोरोनामुक्त हुनेको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको उनीहरुले बताएका छन् । २४ मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् ।

देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुँदै गएको सकारात्मक सङ्केत देखिएको अधिकारीहरुको भनाइ छ ।