Banner News

थप ६९५१ जनामा कोरोना संक्रमण, ९८४१ जना डिस्चार्ज



काठमाडौँ, १४ जेठ । थप ६ हजार ९ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख  २८ हजार ६ सय ७० जना रहेको छ । आज ९६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको छ ।