काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो । सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दैहुनुहुन्छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट सार्वजनिक गर्न लागेको हो ।










प्रतिक्रिया दिनुहोस्