राजनीति

तराई मधेशमा कहाँ-कहाँ बन्ने भयो मेगासिटी ?



काठमाडौँ, १६ जेठ । सरकारले बिर्तामोड–चन्द्रगढी, धरान–इटहरी, जनकपुर–ढल्केबर, बुटवल–भैरहवा, कोहलपुर–नेपालगञ्ज, अत्तरिया–धनगढीलगायतका नगरपालिकालाई मेगासिटीमा विकास गरिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८/७९ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गर्नुभएको छ । यसै मेगा सिटीको गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श लिइने भएको छ । सरकारले सघन शहरी विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु १० अर्ब ७१ करोड बजेट विनियोजन गरिएको छ । तराई मधेशका जिल्ला सदरमुकाममा यो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।