काठमाडौँ, १६ जेठ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ बजेट उत्साहप्रद र जपपक्षीय बजेट रहेको बताउँदै यसको सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सामाजिक सञ्जाल मार्फत आफ्नौ प्रतिक्रिया दिदै बजेटका उद्देश्य र प्राथमिकता सहि देखिएको उल्लेख गर्दै अध्यक्ष ढकाल समष्टिमा बजेटले महामारी नियन्त्रणमा जोड, सामाजिक सुरक्षामा प्राथमिकता तथा पूर्वाधार निर्माणमा जोड दिएकोले जनतामा उत्साह र आशा अभिबृद्धि गरेको धारणा राख्नुभयो ।
अध्यक्ष ढकालले सरकारले पनि एक संयत्रनै निर्माण गरेर कार्यन्वयनको पक्षमा ध्यान दिनुर्पोमा जोड दिनुभयो । कोभिड–१९ महामारीको उच्च संक्रमणको अहिलेको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा, उपचार र कोभिडको निधानकै लागि अधिक बजेट विनियोजन गरेको देखिएको उल्लेख गर्दै अध्यक्ष ढकालले महामारी नियन्त्रणमा केन्द्रित भएर बजेट ल्याउनु सकारात्मक सकारात्मक पक्ष भएको बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रमा मात्र १.२ खर्ब छुट्याएको छ ।
सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरेको छ । कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको देखिन्छ । आलोचकको दृष्टिमा यो बजेट राजनीतिक स्वार्थ पूरा गर्ने, प्रचारमुखी र पपुलिस्ट पनि देखिन सक्छ तर यसको कार्यान्यन भए जनताले राहत पाउने अध्यक्ष ढकाललको भनाई छ ।
बजेटमा यो वर्षको संशोधित खर्च भन्दा झण्डै ३० प्रतिशतले बढी खर्च गर्ने र राजश्वको अनुमान २५ प्रतिशतले थप्ने कुरा सजिलो छैन । खर्च र राजश्व संकलनमा चुनैती देखिन्छ । १०.५ प्रतिशतले बजेटको आकार बढे पनि चालु र पूँजी खर्च गत वर्षको भन्दा पनि कम छ । आकार ठूलो, तर स्रोत जुटाउने आधार भरपर्दो नदेखिएको भन्दै अध्यक्ष ढकालले बजेटले भौगोलिक, क्षेत्रीय तथा बर्गीय रुपमा सन्तुलनमा दिन नसकेको बताउनुभयो । समाजमा मानबिय मूल्यमान्यता तथा नैतिकताको खडेरी पर्दै गएको र पारिवारिक मूल्यमान्यता पनि खण्डित हुँदै गएकोमा यसको पुन–उत्थानको लागि पनि बजेटले ध्यान दिन नसेकोको ढकालको भनाई छ ।
निषेधाज्ञा अवधिभरका लागि विद्युत, खानेपानी, खाद्यान्न खरिद लगायतमा छुट दिने घोषणा जनपक्षीय छ । उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र क्षेत्रलाई निषेधाज्ञा अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने, श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा तथा निसुल्क उपचार, कर्मचारीको तलबमा वृद्धि तथा कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने, ज्येष्ठ नागरिक भत्ता वृद्धि, सुरक्षाकर्मीको रासन भत्ता बृद्धि, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण, गरिब परिवारको पहिचानका लागि ‘राज्य सुविधा परिचय–पत्र’ प्रदान गर्ने लिन बाँकी सबैलाई निःशुल्क दिने जस्ता कार्यक्रमले सरकार जनउत्तरदायी देखिन्छ ।
त्यसैगरी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई समेटेर सेन्ट्रल पार्क निर्माण गर्ने, विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिना, ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय सम्बोधन भएकाले यो बजेट सकारात्मक छ । बजेटले उद्योग निजि क्षेत्रका उधोग व्यवसायीहरुका लागि तथा सहकारी क्षेत्रको लागी पनि खुशीको बहार ल्याएको छ । अध्यक्ष ढकालले आफ्नो दलले बजेटको स्वागत गर्दछ र गुण र दोषको आधारमा समर्थन र आलोचना गर्ने उनको भनाई छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । यो गत आर्थिक बर्षको भन्दा १०.५ प्रतिशतले बढी हो ।










प्रतिक्रिया दिनुहोस्