Banner News

थप ४७६२ जनामा कोरोना संक्रमण, ६४९१ जना डिस्चार्ज



काठमाडौँ, १७ जेठ । थप ४ हजार ७ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७०जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार ४ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख  ४७ हजार ४ सय ४६ जना रहेको छ । आज ११४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ जना पुगेको छ ।