विश्व

भारतमा थप ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, १८ जेठ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ५२ हजार ७३४ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा ३ लाख २९ हजार १०० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ८० लाख ४७ हजार ५३४ जना भारतमा कोरोना संक्रमित भइसकेको तथ्यांक छ ।

भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।