Banner News

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत



काठमाडौँ, १८ जेठ । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।

यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत हुनुभएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि यस्तो निर्णय भएको थियो । श्रेष्ठले बैठकपछि जानकारी दिँदै केहीदिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने बताउनुभयो ।

सर्वोच्च बारसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गर्ने तयारी गर्नुभएको छ ।