काठमाडौँ, २० जेठ । थप ६ हजार ८ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ हजार ९ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ जना रहेको छ । आज ७५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्