काठमाडौँ, २६ जेठ । भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु भएको छ ।
गएराति उत्तरप्रदेश राज्यकाे कानपुरमा लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्यान गुमाएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन ।
प्रतिक्रिया दिनुहोस्