विश्व

भारत बायोटेकले कोभ्याक्सिन खोप ६ सय रुपैयाँ सरकारी र १२ सयमा निजी अस्पतालबाट बेच्ने



नयाँ दिल्ली, २६ जेठ । भारत बायोटेक कोभ्याक्सले कोरोना भाइरस बिरुद्धको कोभ्याक्स खोप राज्य सरकारलाई प्रति डोज ६ सय रुपैयाँमा र निजी अस्पतालहरुलाई प्रति डोज १२ सय रुपैयाँमा बेच्ने भएको छ ।

एक विज्ञप्ति जारी गर्दै भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्ण एल्लाले कम्पनीले केन्द्र सरकारलाई प्रति डोज १ सय ५० रुपैयामा बितरण गरी सरकारी निःशुल्क भ्याक्सीन वितरणमा साथ दिएको बताए । उनले कम्पनीको क्षमताको ५० प्रतिशत सरकारका लागि सुरक्षीत गरिएको पनि बताए । उनले सर्बसाधरणमा भ्याक्सीनको सहज पहँुचका लागि कोभिड–१९, जिका, हैजा अन्य जस्ता खोपहरूमा समेत सहयोग गर्ने बताए ।

कम्पनीले यसै हप्ताको सुरुमा खोप निर्माताले घोषणा गर्दै तीनै चरणको परिक्षण पछि कोभ्याक्स ७८ प्रतिशत प्रभाकारी देखीएको जनाएको छ । गत साता सेरम ईन्स्टिच्युट अफ इण्डियाले कोभिशिल भ्याक्सिन प्रति डोज निजी अस्पताललाई ६०० रुपैयाँमा बेच्ने र राज्य सरकारलाई ४०० रुपैयाँमा बिक्री गर्ने जनाउँदै यसअघि केन्द्रीय सरकारसंग भएको १ सय ५० प्रति डोजको सम्झौता समाप्त भएको जानकारी गराएको छ । स्रोत: याहू न्यूज