रामेछाप, २६ जेठ । रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।
आज बिहान लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बाेलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुको सबैको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्