अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २७ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।