राजनीति

राष्ट्रिय युवा संघद्वारा ‘खोप स्वयम् सेवक’ परिचालन



काठमाडौँ, २८ जेठ । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

आज संघका अध्यक्ष किरण पौडेलद्वारा जारी स्वमय् सेवक परिचालन सम्बनधमा ८ बुँदे विशेष निर्देशन दिएको छ । कोरोनाको संक्रमण नेपालमा आएसँगै संक्रमण्दरलाई न्युनिकरण, रोकथाम, नियन्त्रण, राहत तथा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै संघले जारी गरेको निर्देशनमा सरकारले नागरिकको जीवनलाई सुरक्षा गर्ने उद्देश्यका साथ शुरु गरेको खोपको उचित व्यवस्थापन, सहज तथा प्रभावकारी बनाउन स्वयं सेवक परिचलन गर्न मातहतवका सवै कमिटीलाई विशेष निर्देशन दिएको हो ।