समाचार

गंगालाल अस्पतालका डाक्टरमाथि पनि दुर्व्यवहार



बैशाख ८ काठमाडौं– कान्ति बाल अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार घटनाको छानबिन भइरहेका बेला बिहिबार गंगालाल अस्पतालमा पनि चिकित्सकमाथि दुर्व्यवहार भएको छ । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सहरुमाथि दुर्व्यवहार गरेका हुन् ।

चिकित्सकलाईदुर्व्यवहारपछि बिहिबार अस्पतालको वातावरण तनावग्रस्त बन्न पुगेको थियो । प्रहरी पुगेपछि स्थिती सामान्य भयो । प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको थियो । तर, मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति भएपछि विवाद साम्य भएको महानगरीय प्रहरी वृत्त महाराजगंजका एक प्रहरी अधिकारीले बताए ।
गत बुधबार कान्ति बाल अस्पतालमा डा।मुकुन्द प्रसाद देवमाथि दुर्व्यवहार भएको थियो । दुव्र्यवहार गर्ने अनिल श्रेष्ठलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । स्वास्थ्य खबरपत्रिका