समाचार

थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ जना डिस्चार्ज



काठमाडौँ, १ असार । थप २ हजार ७ सय ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १२ हजार २ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ५७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ हजार १ सय ८७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ४० हजार ४ सय ३९ जना रहेको छ । आज ४१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ जना पुगेको छ ।