पाल्पा, २ असार । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका-४ मन्छिपका १९ वर्षका मदन भट्टराईको मृत्यु भएको हो । लगातार परेको पानीले हिजो बेलुका घर माथिबाट खसेको पहिरोले महेन्द्र भट्टराई क्षेत्रीको घर पुरिँदा छोरा मदनको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्