समाचार

ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु



दाङ, ४ असार । दाङमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार बेलुका तुलसीपुर घोराही सडक खण्ड अन्तरगत घोराही १६ कपासीबगियामा रा१त ३२६९ नम्बरको ट्याक्टरले पैदल यात्रु ४८ वर्षीय खलसिंह विकलाई ठक्कर दिदा  उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।