बारा, ६ असार । बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आगलागीमा परि भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकाे सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको मृत्यु भएको हो ।
आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका र उनीहरुको सिमरामा उपचार भइरहेको छ ।
पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्