सम्पादकीय

दोस्रो चरणको निर्वाचन देउवाले गर्ने



काठमाडौं, १० वैशाख । सरकारको नेतृत्व आलोपालो गर्ने गरी गठबन्धन बनाएका कांग्रेस र माओवादीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति गरेका छन् ।

शनिबारै मोर्चासँगको वार्ताका क्रममा भएको कांग्रेस र माओवादी केन्द्रको शीर्ष नेताको साइडलाइन वार्तामा पहिलो चराण्को निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेर दोस्रो चराण्को निर्वाचन गर्नेगरी देउवालाई पद हस्तान्तरण गर्ने सहमति भएको छ ।

‘वैशाख ३१ मा पहिलो चरणको निर्वाचन सकिएलगत्तै प्रधानमन्त्रीले राजीनामा गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तराण् गर्ने सहमति भएको छ’, बैठकमा सहभागि कांग्रेस नेता रमेश लेखकले भने । अन्नपूर्ण पोस्टमा समाचार छ ।