समाचार

९ जना जुवाडे पक्राउ



कास्की, ६ असार । पोखरा महानगरपालिका–५ बाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार बेलुका पर्श्याङ, धारापानीमार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित नौजनालाई पक्राउ गरेको हो  ।

उनीहरूको साथबाट नगद २३ हजार १६५ रुपैयाँ र एक बुक ताससमेत बरामत गरिएको प्रहरीले जनाएको छ ।