काठमाडौं, १० वैशाख । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन् । जनताले चाहेमा संबैधानिक बाटोबाटै राजसंस्था फर्काउन सक्ने मन्त्री थापाले बताए । झापाको दमकमा शनिबार आयोिजत चुनावी सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संविधानले दिएको बताए ।
उनले भने– ‘अहिले सबैभन्दा ठुलो शक्ति नै जनता हो, जनताले चाहे संबिधानको उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन संभव छ ।’ उनले मधेशी मोर्चाका असहमतिका कुरा पनि निर्वाचनपछि संबोधन गर्न सकिने बताउदै अहिलेलाई निर्वाचनमा आउन आग्रह गरे । आफुहरुका माग पनि संविधानले संम्बोधन गर्न नसकेको उल्लेख गर्दै संशोधन गरेर त्यसलाई स्थापित गराउने दिशातर्फ प्रयासरत रहेकोले मोर्चालाई पनि त्यहि बाटोमा आउन सुझाव उनले दिए ।
आफनो पार्टीले संबिधान जारी गर्दा असन्तुष्टि राखेर भए पनि बहुमतको कदर गर्दै समर्थन गरेको बताउदै उनले कतिपय असन्तुष्टिलाई चुनावपछि पनि मिलाउन सकिने बताए । २० बर्षपछि जनताले पाउन लागेको अधिकारलाई लत्याउदै चुनाव बहिस्कार गर्ने कठोर निर्णय नलिन मोर्चालाई उनको आग्रह थियो । ‘जनतालाई दुःख दिनुपर्ने कुनै आवश्यकता छैन र बन्दुक बोकेर जंगल छिर्न पनि आवश्यक छैन’ उनले भने । अन्नपूर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्