काठमाडौँ, ८ असार । थप ४ हजार ५ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख २६ हजार ३ सय ४३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५२ हजार ६ सय ४८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ हजार ९ सय ५४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ जना रहेको छ । आज ४१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्