Banner News

पत्रकारको नयाँ नेतृत्वका लागि आज राजधानीमा शन्तराम बिडारी र रामकृष्ण अधिकारीबीच प्रतिस्पर्धा हुँदै



काठमाडौ,१० बैशाख । करिब एक महिना लामो विवाद पछि अन्तत आज नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकोको नयाँ नेतृत्वकालागि निर्वाचन हुने भएको छ ।शुक्रबार शाखाको १० औँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन गर्न लागिएको मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराए ।

निवाृचन अधिकृत पोखरेलका अनुसार निवाृचन काठमाडौको प्रज्ञा भवनमा आइतवार बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने छ । ।निर्वाचन सम्पन्न भएको केही समयपछि नै मतगणना गरिने छ । आज हुने निर्वाचनका लागि हिजै साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् ।

नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।आज हुने निर्वाचनमा प्रेस चौतारीका शान्तराम बिडारी र प्रेस सेन्टरका रामकृष्ण अधिकारीको प्यानलबीच प्रतिष्पर्धा हुनेछ।

त्यसोत अघि प्रेस युनियनले श्रीजन झालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा सत्ता पक्षीय दलनिकट संगठनहरुले संयुक्त प्यानल बनाएका छन् । अधिकारी प्यानललाई राप्रपानिकट पत्रकारहरुले समेत समथर्न गर्ने सहमति भएको छ त्यस्तै, बिडारी प्यानललाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीनिकट पत्रकार संगठनले समथर्न गर्ने भएका छन् ।

बिगतदेखी नै काठमाडौंमा चौतारी बलियो देखिएकाले चौतारीसँग भिड्न यसपटक युनियन र सेन्टरले संयुक्त प्यानल बनाएका छन् । शाखामा करिब एक हजार तीन सय ५० मतदाता रहेका छन् ।