Banner News

बलात्कारको प्रतिकार गर्दा सन्तोषीको हत्या गर्ने आराेपी पक्राउ



काठमाडौँ, १० असार । सन्तोषी सुब्बाको हत्या गर्ने आराेपी पक्राउ परेका छन् ।

मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएपछि सुरेशले आफू काम गर्ने बसमा मिलाइदिने भनेर घटनास्थलतर्फ लगेका थिए ।

त्यस लगेर जबरजस्ति गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचेर मृतककै सलले बेरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि पछि अनुहारमा ढुंगाले प्रहार गरेको पनि प्रहरीको भनाइ छ । हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हाे ।