काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख २९ हजार ४ सय ३१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५२ हजार ६ सय ४८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार ५ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ जना रहेको छ । आज २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्