शैक्षिक

नेपालकै जेठो पुस्तकालयमा धार्मिक आकर्षण बढ्दो



मोहम्मद इमरान खान

कपिलवास्तु १० बैशाख ।कपिलवास्तु जिल्लामा नेपाल अधिराज्यकै पहिलो राष्ट्रिय मदरसा संघले कृष्णनगरमा स्थापना गरेको पुस्तकालयमा नेपालकै सबैभन्दा जेठो मदरसा कपिलवस्तुको कृष्णनगरका सर्फराज अहमद खान अहिले जामिया सिराजुल उलूम अलसल्फियामा फजिलत स्नातक मा अध्ययनरत छन ।

तर उनीसँग अध्ययन गर्ने सम्पूर्ण पुस्तक छैन । हरेक दिन उनी अध्ययन गर्न पुस्तकालय पुग्ने गर्छन । उनीसँगै पढ्ने नोमान अक्रम पनि अध्ययनका लागि पुस्तकालयमै पुग्ने गरेका छन । उनीहरु राष्ट्रिय मदरसा संघले कृष्णनगरमा स्थापना गरेको पुस्तकालयमा दैनिक पुग्ने गर्छन ।

उनीहरु दुई मात्र होइन, जामिया सिराजुल उलूममा अध्ययनरत विभिन्न तहका सयौं विद्यार्थीहरु अध्ययनका लागि पुस्तकालयमा जाने गर्छन् । “जामिया सिराजुल उलूमले स्थापना गरेको पुस्तकालयमा विद्यार्थीहरु पुग्छन् नै तर अधिकांश विद्यार्थीहरु राष्ट्रिय मदरसा संघको पुस्तकालयमा पुग्ने गर्छन् ।” –राष्ट्रिय मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुल गनी अलकूफीले बताउनुभयो । आधुनिक सुविधा सहितको व्यवस्था भएकाले पुस्तकालयको आकर्षण बढेको डा. अलकूफीको दाबी छ । पुस्तकालयमा प्रिन्ट पुस्तकदेखि लिएर सीडी÷डीभीडी तथा इन्टरनेट लाइब्रेरीको समेत सुविधा रहेको उहाँले बताउनुभयो ।

धार्मिक पुस्तकालयमा हरेक भाषाभाषीले पढ्न सक्ने गरी नेपाली, उर्दू, अंग्रेजी, हिन्दी, अरबी लगायतका भाषामा उल्था गरिएको ईस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान रहेको छ । मदरसामा अध्ययन अध्यापन गराइने विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न धर्म, संस्कृति, रीतिरिवाजका बारेमा लेखिएका ऐतिहासिक पुस्तकहरु, नेपाली शब्दकोष, विभिन्न म्यागजिन लगायतका पाठ्यपुस्तकहरु रहेको छ ।

यसका साथै अन्य विभिन्न पठन सामग्रीहरु, अरबीभाषाका मासिक, त्रैमासिक, अर्धबार्षिक, वार्षिक म्याग्जिनको समेत व्यवस्था छ । पुस्तकालयमा उपलब्ध ऐतिहासिक र साहित्यिक एउटै किताबलाई १५ देखि २० युनिटका अलग अलग किताब समेत रहेका छन । पुस्तकालयमा २० हजार बढी पुस्तकहरु रहेका छन । एउटै किताब १५ देखि २० हजार मूल्यका पाठ्यपुस्तकहरु समेत पुस्तकालयमा उपलब्ध छन ।

पुस्तकालयमा मदरसा कोर्षका पाठ्पुस्तक बाहेक अन्य विभिन्न पुस्तकहरुको समेत व्यवस्था रहेकाले विद्यार्थीका अतिरिक्त विभिन्न व्यक्तित्वहरुको समेत जमघट हुने गरेको राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ बताउनु भएको छ । पुस्तकालयमा आउने हरेक पाठक, विद्यार्थीका लागि फ्रि वाइफाईको सुविधा, खाजा चियाको समेत व्यवस्था रहेको मौलाना नेपालीले जानकारी दिनुभयो ।

आफूहरुको पुस्तकालयमा अध्ययन अध्यापनका हरेक व्यक्तिका लागि ढोका खुल्ला रहेकाले सबैलाई पुस्तकालयमा आई अध्ययन गर्न मौलाना मशहूद खाँले आग्रह समेत गर्नुभयो । स्थापना गरेको यस पुस्तकालयले आउने दिनहरुमा धर्र्म, संस्कृति, रीतिरिवाज र देशमा शन्ति आउने छ राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ बताउनु भएको छ ।

सबैका लागि निःशुल्क अध्ययन अध्यापनका लागि पुस्तकालय स्थापना गरिएको बताउँदै मौलानाले यसतर्फ सरकारको ध्यान नगएकोमा गुनासो गर्नुभयो । आर्थिक स्थिति निकै कमजोर भएका विद्यार्थीका साथै हरेक पाठकका लागि समेत पुस्तकालय बरदान सावित भएकाले ऐतिहासिक पुस्तकालयको व्यवस्थापनमा थप सहयोग गरिदिन उहाँले नेपाल सरकारसँग आग्रह समेत गर्नुभयो ।

पुस्तक दिवसको अवसरमा कृष्णनगरका विभिन्न व्यक्तित्वहरु मदरसा संघको पुस्तकालयको अनुगमन निरीक्षण समेत गरेका थिए । पुस्तकालय अनुगमन गर्दै सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिक चन्द्र चौधरीले पुस्तकालय व्यवस्थापन टिमलाई धन्यबाद दिनुभयो ।

गुल्मपति चौधरीले कृष्णनगर क्षेत्रका मदरसा शिक्षाका बालबालिकाका साथै धर्मगुरु र अन्य समुदायका लागि समेत पुस्तकालय अति नै उपयोगी रहेको बताउँदै यसको व्यवस्थापकीय पक्षलाई अझ सुधार गर्न सुझाव दिनुभयो ।