काठमाडौँ, १२ असार । थप २ हजार १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार २४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ हजार ९ सय १४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ जना रहेको छ । आज ३० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्