Banner News

वैशाख ३१ र जेठ ३१ मा स्थानीय तह निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठक को निर्णय



वैशाख १०,काठमाण्डौ । सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निश्चित गराएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार सरकार दुई चरणमा निर्वाचन गर्ने निर्णयमा पुगेको हो ।

मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद लैजाने भनिए पनि विधेयकमा संशोधन दर्ताका लागि संसद सचिवालयले दिने ७२ घण्टाको समयअवधि थप संशोधन दर्ता गराउने भएको छ । सरकारले संसदमा परिमार्जनको अर्को प्रस्ताव लैजान नपर्ने मन्त्री जोशीले प्रस्ट पारे ।

मोर्चाको माग सम्बोधनका लागि संशोधन प्रस्ताव ुफास्ट ट्रयाकुबाट पारित गर्ने पनि बताइएको छ ।