Banner News

थप १९२० जनामा कोरोना संक्रमण, ३००७ जना डिस्चार्ज



काठमाडौँ, १३ असार । थप १ हजार ९ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६५ हजार ७ सय ७७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ८४ हजार ३ सय ३४ जना रहेको छ । आज ३४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ९ जना पुगेको छ ।