राजनीति

वेदुराम भुसालद्वारा ‘पार्टी र आन्दोलन’माथि गद्धारी : मुख्य सचेतक भट्टराई



काठमाडौँ, १४ असार । राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताउनुभएको छ ।

भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले सो धारणा सार्वजनिक गर्नुभएको हो । भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा कडा शब्दमा प्रतिवाद गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘वेदुराम भुसाल स्वतन्त्र सांसद ! पार्टी र आन्दोलनमाथि गद्धारी ! राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफु स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् । यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएकाछन् । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भई रहन संभव हुॅदैन । किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ ।

त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ रु यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।

कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ रु वहाँ के स्वतंत्र सांसदको नेता हुनुहुन्छ त ?’