वीरगञ्ज, १५ असार । पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आज बिहान चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।
रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् । चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । चट्याङ लागेर जिराभवानीम तीन जना सामान्य घाइते छन् ।










प्रतिक्रिया दिनुहोस्