Banner News

एमालेको बैठकमा माधव र झलनाथलाई पनि निम्तो



काठमाडौँ, १७ असार । नेकपा एमालेले शुक्रवार बस्ने केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको निम्तो पठाइएको र नेपाल, खनालसहित केही वरिष्ठ नेतालाई इमेल, म्यासेज र फोनमार्फत निम्तो गरिएको हो ।

दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बुधवार २०७५ सालको जेठ २ गतेकै कमिटी बिउँताउने निर्णय गरेको एमालेले आठ जना स्थायी कमिटी सदस्य पनि थपेको छ ।