काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर सहयोग गरेको छ ।
वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई उक्त भेन्टिलेटर सहयोग हस्तान्तरण गरेका हुन् । सहयोगबाट प्राप्त भएका भेन्टिलेटर आवश्यकता हेरेर जिल्ला अस्पतालहरुका लागि पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्