Banner News

थप २२९९ जनामा कोरोना संक्रमण, ३४५१ जना डिस्चार्ज



काठमाडौँ, १८ असार । थप २ हजार २ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४२ हजार ५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ७४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ हजार ४ सय ५१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  ३ हजार ६ सय जना रहेको छ । आज ३४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ जना पुगेको छ ।