विचार/ब्लग

वरुण गाथा



तेज बहादुर ढकाल

ॐ वम वरुणाय नमः

पाठक बृन्द । बरुण देबको महिमा अपारम्पार छ । सनातन धर्म संस्कृतिमा ब्रह्मा, बिष्णु र महेश्वर पछि वरुण देवको पूजा आराधना गरिन्छ । बरुणलाई वर्षा, पानी, नदी तथा समुन्द्रका देवता मानिन्छ । विभिन्न देश र धर्मिक सम्प्रदायमा वरुणदेवको पूजा आराधना गरिन्छ । वेद, पुराण र उपनिषदहरुमा पनि बरुणदेवको विशेष चर्चा भएको पाईन्छ ।

वरुणदेव ब्रह्माजिका मानस पुत्र ऋषि कश्यप र अदितीका आठौं पुत्र थिए । बरुणदेव की श्रीमती बरुणानी, छोरा सुशेना, बांडी, बशिस्ठ र छोरी बरुणी थिए । कश्यप र बिनता पट्टीका जेठा छोरा पंक्षीहरुका राजा गरुड थिए भने अर्का छोरा अरुण थिए । अरुण देवतालाई सूर्य भगवानका रथका सारथी मानिन्छ । विहान सूर्यदय अगडिको अरुणिमा वा लालिमालाई अरुण देवताको भौतिक स्वरुप मानिन्छ । अरुणका छोरा रामायणका विशेष पात्र जटायु थिए । साथै अरुण र बरुण दाजु भाइ हुनुका साथै सूर्यबाट सातौ र आठौं दुरिमा अबस्थित ग्रहहरु पनि हुन ।

वरुण देबको बास भएकाले बरुण नदीलाई संसारकै पबित्र नदी मानिन्छ । बैदिक हिमालय अधिराज्यको राजधानी अहिलेको संखुवासभा जिल्लाको उत्तरी भागमा अवस्थित बरुणत्से हिमालबाट दुध पोखरी हुँदै बरुण नदीको सुरुवात हुन्छ । यस पबित्र भुमिलाई बरुणलोक पनि भनिएको छ । रिचिक मुनिले वरुणलोकबाट सेता घोडा ल्याई गाधी पुत्री सत्यवतीसँग बिबाह गरेको कुरा उल्लेख गरिएको छ । हिमवत खन्ड वा हिमालय अधिराज्यमा ठूलो खडेरी परि खोला नाला र बोटबिरुवा सुके पछि हिमालय राज पर्वत र रानी मेनकाले ब्रह्मा यज्ञ गरि ब्रह्माको कमण्डलुबाट दिब्य गंगा प्राप्त गरि आफ्नो राज्यलाई पुन: हराभरा बनाएको कुरा शिव महापुराणमा उल्लेख गरिएको छ ।

उही दिब्य गंगालाई नै शिवधारा भनिएको पनि हुन सक्छ । शिवजीलाई गंगाधर र गंगालाई शिवधारा भन्ने प्रचलन छ तर यो प्रसंग पछिल्लो भागिरथी गंगाको हो । त्यही शिवधारा बरुणमा मिसिने र बरुण नदी केही तल पुगेर अरुण नदीमा आएर मिसिन्छ । ऋग वेदमा वरुणसंग मित्र वा आप पनि जोडिएको छ । आपको शाब्दिक अर्थ पबित्र जल हुन्छ । फेरि देवताहरुको कमण्डलुको जलमा बरुणको बास हुने उल्लेख गरिएको छ यस अर्थमा पनी दिब्य गंगलाई वरुण गंगा भन्न सकिन्छ । बरुण नदि दिब्य नदी भएकाले यो नदीमा फोहोर गरेमा बरुण देवता रिसाएर संसारभर माहामारी, अतिबृष्टी, खडेरी, बाढी पहिरो, समुन्द्रिक तुफान आदि हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

सनातन धर्ममा बरुणदेवलाई ब्रह्माण्ड र जीवहरुका राजा पनि भनिन्छ । उनलाई बादल, बर्षा, नदी र सागरका देवता पनि भनिन्छ । साथै उनलाई नैतिकताका देबता र सम्पूर्ण मानवताका नियन्त्रक मानिन्छ । उनका बाहन जलमा गोही र आकाशमा सातवटा हाँस माथी कमलको फूलमा बिराजमान भएको पाईन्छ । उनको हतियार पाश वा नागपाश हो । मार्केणड्य पुराण देवी महातम्यमा बरुण देबले भगवतीलाई घंटा र पास दिएको उल्लेख गरिएको छ ।

पौराणिक शास्त्रमा बरुणलाई राजाहरुका पनि राजा मानिन्छ । सर्वप्रथम समस्त सुरासुरोंहरुलाई जितेर राजसूय-यज्ञ जलाधीश वरुणले नै गरेका थिए । ऊनी नैतीकता र सुशासनका प्रतीक पनि हुन । ऊनले दण्ड स्वरुप जलोदर रोग लगाईदिने कुरा उल्लेख गरिएको छ ।

वरुण देवलाई पश्चिम दिशाका रक्षक मानिन्छ । पानी पार्ने, नदी बग्ने र हावा चल्ने जिम्मा बरुण देवतालाई नै जान्छ । उनलाई स्वर्ग, पृथ्वी र हावाको शृष्टि कर्ता मानिन्छ । प्रत्यक बर्ष बर्षात सुरु हुनु भन्दा अगाडी बरुण देबको पूजा आराधना गरिन्छ । रक्षा बन्दनमा पनि बरुणदेवलाई नैबेद चडाइन्छ । ब्रह्माण्डको पानी चोरी हुँदा इन्द्रले राक्षससंग लडाई गरि फिर्ता ल्याएपछि इन्द्र स्वर्गका राजा भएको उल्लेख भएको पाईन्छ । भगवान श्रीकृष्णले गीतामा जलमा म बरुण हुँ भन्नु भएको पाईन्छ । रिग्बेद र बास्तु शास्त्रमा पनि बरुणलाई पश्चिम तिर हेर्ने अस्ट दिक्पाल मध्ये एक मानिन्छ । साथै दिन रात र ऋतु परिवर्तनका साथै कस्मिक अडर मेन्टेन गर्ने कार्य पनि बरुण देव कै भएको उल्लेख छ । बरुन्देवलाई कहिकतै इन्द्रको द्वारपाल भनिए पनि उनको भुमिका इन्द्रको भन्दा धेरै माथी पाईन्छ ।

रामायणमा भगवान रामले आफ्ना सेनालाई सागार तार्न बाण हानेर समुन्द्र सुकाउन खोज्दा बरुण देबता प्रकट भई समुन्द्र सुकाउन नमिल्ने तर बानर सेनाले पुल बनाऊदा ढुङ्गा तैरियाऊने सहमती भएको प्रसंग बाल्मीकी रामायणमा उल्लेख भएको पाईन्छ । साथै बरुण देबताले हनुमानलाई समुन्द्र तर्न सहायता गर्न सानो ठूलो बन्न सक्ने र उड्न पनि सक्ने मैनाक पर्बतलाई आदेश दिएको पनि उल्लेख छ । मैनाक हिमालय राज पर्बतका पुत्र, दिब्य गंगाका भाई, पार्वतीका दाजु र भगवान शिवका जेठान हुन ।

त्यसैले वरुणका शिरमा शिव पार्वती, शिवधारा, दुध पोखरी, बरुण पोखरी, बरुणेश्वर महादेव लगायतको सिर्जना भएको कुरा शिव पुराण र श्री स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ ।

महाभारतको सभाख्यान पर्व अंतर्गत अध्याय ९ मा वरुणदेवको दिव्यसभाका बारेमा बर्णन गरिएको छ ।

बिश्वकर्माद्वारा निर्माण गरिएको उक्त दरबारमा सयवटा खम्बा भएको कुरा उल्लेख गरिएको छ । रंगीचंगी फूल फुल्ने सुन्दर बगैचा र सदाबहार लटरम्म फलफूल, रत्नजडित बृक्षहरु, मधुर वाणी बोल्ने जनवार र पशुपंक्षीहरु, न जाडो न गर्मी एकदम वातबरण अनुकुलित भएको उल्लेख गरिएको छ । साथै अर्जुनलाई अग्निदेवको अनुरोधमा दिब्य गान्डिभ धनु बरुणदेवले नै दिएको प्रसंग बताईएको छ ।

सत्यवादी राजा हरिश्चन्द्रको कथामा बरुणसँग छोरो बर मागेको र उनको भाग्यमा नभएको पुत्रसमेत दिन बरुणजी आफू तयार रहेको तर भाग्यमै नभएको हुनाले पछि उक्त पुत्र उनै बरुणलाई यज्ञमा बली दिएर फिर्ता दिने सहमति भएको कुरा ऋगवेदको प्रथम मण्डलको पचिसौं सूक्त बरुण सूक्तमा उल्लेख भएको पाइन्छ ।यसरी बरुणका रोहित नामका छोरा जन्मिए । उक्त छोरा लाई फिर्ता लिन बरुण देव कयौ पटक आऊदा पनि राजा हरिश्चन्द्रले दिन आनकानी गरिरहे । पछि रोहितले पनि यज्ञमा बली दिने कुरा थाह पाएर जंगल तिर भागेछन । बरुण देव रिसाएर राजालाई जलोदर नामक महाब्यधीको श्राप दिएछन ।

यसै बिच राजालाई गुरू बशिष्ठले कुनै ब्रामणको छोरा किनेर भोग दिन सल्लाह दिन्छन । राजाले अजिगर्त नामक ब्रामणका पुत्र शून:शेपलाई खरिद गर्दछन । जब उनका बाबुले निजलाई यज्ञ मण्डपमा ल्याएर बाध्छन । बिचरा असाध्यै रोए पछी विश्वमित्र ऋषिलाई दया लागि बरुणको स्तुती तथा आराधना गर्ने सुझाब दिन्छन । अनि बरुण देव खुशी भई शून:शेपलाई बन्धन बाट पनी मुक्त गरि दिन्छन भने राजा हरिश्चन्द्रको पनि रोग निको हुन्छ । यसरी वर्षेनी रोग र महाब्याधीबाट मुक्ति पाऊन र भाग्यमा नभएको सन्तान लगायतका बर माग्न मकर सक्रान्तिका दिन सबेरै अरुण र बरुणका दोभानमा बरुण स्नान गर्ने प्रचलन सदिऔंदेखि चलि आएको छ ।

यसरी देवताका तीनै बर्ग पृथ्वी स्थान, वायु स्थान र आकाश स्थानमा वरुणदेवको सर्वोच्च स्थान रहेको छ । साथै समुद्रका देवता, विश्वका नियामक तथा शासक सत्यका प्रतीक, ऋतु परिवर्तन एवं दिन-रात का कर्ता-धर्ता, आकाश, पृथ्वी एवं सूर्यका निर्माता के रूपमा पनि बरुणलाई उल्लेख गरिएको छ । पृथ्वीमा अनाबृष्टी हुँदा बरुण देव कै पूजा आराधना र यज्ञ होमादी गरिन्छ ।

अत: हामी सबैले नित्य वरुणदेबको पूजा आराधना गरी यो लोकमा सुख, शान्ती र सम्बृद्धिको भोग गरि परलोकमा मोक्ष्य प्राप्त गरौं ।

इति श्री हिमवतखण्डे, बरुणलोके, वरुणमहिमा समाप्तम ।