Banner News

थप २६२२ जनामा कोरोना संक्रमण, २२११ जना डिस्चार्ज



काठमाडौँ, २१ असार । थप २ हजार ६ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४६ हजार ३ सय ६७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार २ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  ११ हजार ४ सय २९ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ जना पुगेको छ ।