जनकपुरधाम, २१ असार । सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवामाचिकित्सकले मृत घोषणा गरेको हो । ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्