Banner News

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल छलफल हुँदै



काठमाडौँ, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्ने भएका छन ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग पनि चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार आज साँझ ६ बजे जुम मिटिङमार्फत भर्चुअल छलफल गर्ने तयारी रहेको छ ।

उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले आफ्ना भनाइ राख्ने पार्टीको अन्तर्राष्ट्रिय विभागले जानकारी गराएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।