राजनीति

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौँ, २२ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आन्तरिक विवाद उत्कर्षमा पुगेको नेपालसँग कुरा गर्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनको निवास कोटेश्वर पुगेका थिए । एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेकपा हुँदा एउटै समूहमा रहेका नेपाल र प्रचण्डबीच कुराकानी भएको हो ।