काठमाडौँ, २४ असार । नारायणगढ–मुग्लिङ सडक खण्ड पुन: बन्द भएको छ ।
र्षा सुरु भएसँगै पहिरो खस्दा हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ । सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो ।
नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्