एजेन्सी, २४ असार । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने बताएका छन ।
ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने घोषणा गरेका समाचार एजेन्सी एएफपीले जनाएको हो । उनले गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै मुद्दा दर्ता गर्न लागेको बताएका छन ।
यो वर्षको सुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्विटरले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्