काठमाडौँ, २६ असार । थप २ हजार १ सय ६९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५४ हजार २ सय १२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ४ सय ३२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्